image
image

विश्वकै होची महिला एलिफको निधन

काठमाडौँ  १९ पुस । सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षिया एलिफको निमोनियाबाट निधन भएको हो ।


मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्रँदै गएपछि बिहीबार उनको निधन भएको हो । टर्कीको स्थानीय सञ्चारमाध्यमका अनुसार एलिफको शरीरका अंगहरूले काम गर्न छोडेको थियो ।उनी टर्कीको उस्मानिया प्रान्तको कादिर्ली शहरका बासिन्दा हुन् ।

एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो । उनको जन्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन् ।‘मिरर’ मा प्रकाशित समाचार अनुसार सन् २०१० मा एलिफको नाम गिनिज वर्ल्ड रेकर्डमा एक वर्षसम्म दर्ता भएको थियो ।

सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा होची केटीको कीर्तिमान तोडेकी थिइन्, उनको उचाइ ६९ सेन्टिमिटर अर्थात् २.३ फिट थियो । जोर्डनको मृत्यु सन् २०१९ को जुनमा भएको थियो । अब यो विश्व कीर्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा दर्ता भएको छ । उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।