कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा १ अर्ब ५२ लाख २२ हजार ४ सय ६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
सरकारी स्वामित्वको उक्त कम्पनीले रासायनिक मल खरिद गरी विक्री वितरण साथै बीउ बीजनको कारोबार समेत गर्ने गरेको छ ।
कम्पनीबाट खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको फेला परेपछि कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको थियो । सो उजुरीमा अनुसन्धान हुँदा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी ल्याएर किसानलाई बिक्री गरेको फेला परेको थियो ।
कम्पनीले रासायनिक मल (नियन्त्रण) आदेश,२०५५, एवं सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४ विपरित प्रतिस्पर्धा नै नगरी प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिबाट गुणस्तर प्रमाणपत्र लिएर गुणस्तरीय मल भन्दै किसानलाई बेचेको थियो ।