image
image

काठमाडौं उपत्यकामा १३७ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८, पुस । काठमाडौं उपत्यकामा थप १३७ जना संक्रमित थपिएका छन्। आइतबार काठमाडौं उपत्यकामा आइतबार १३७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।  

काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।

योसँगै काठमाडौं उपत्यकामा २ हजार ९० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै एक हजार ४, ललितपुरमा ५८९ र भक्तपुरमा ४९७ संक्रमित थपिएका हुन्।   

यस्तै नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

२०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।