image
image

शेयर बजारमा ६०.४१ अंकको वृद्धि, कतिको कारोबार ?

काठमाडौँ, १८, पुस । साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार सकरात्मक देखिएको छ । आज शेयर बजार सुरुवाति देखि नै उकालो लागेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । नेप्से २.३९ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर ५३ हजार १२२ पटकको खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहको शेयर बढेको छ ।

आइतबार हिमालयन डिष्टिलरीको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ९४ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज हिमालयन डिष्टिलरीका लगानीकर्ताले नै सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ हजार ३ सय १८ रूपैयाँ पुगेको छ । 

यस दिन गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ९० पैसामा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।