रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम ६० प्रतिशत मात्रै , के काराणले भयो ढिलाई ?
काठमाडौँ, १८, पुस । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी–इटहरी–धरान व्यापारिक मार्ग आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्री कार्कीले कतिपय स्थानमा ठेकेदारको लापारवाहीका कारण सडक विस्तारको कामले गति लिन नसकेको भन्दै जस्तोसुकै हालतमा पनि सडक काम रोकिन नहुनेमा जोड दिए । रानी–इटहरी–धरान व्यापारिक मार्ग आयोजनाका इन्जिनियर उमेश दासले विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक विस्तारको काम अहिलेसम्मको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको बताए । धेरै स्थानमा सडक विस्तारको क्रममा विवाद भएर काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
आयोजनाका अनुसार अहिलेसम्म २८ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भएको छ । यो सडक विस्तारको काम आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदै आएको छ । थपिएको पछिल्लो समयअनुसार २०८० सालभित्र रानी विराटनगर–इटहरी–धरान सडक विस्तारको काम पूरा गर्नुपर्ने छ ।