image
image

पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने, चिसोबाट बच्न आग्रह

काठमाडौँ, १८, पुस । आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरुको भनाइ छ । 

“आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने हुन्छ । पार्टली क्लाउडी भए पनि हटेर पुनः घाम लागिहाल्छ,” मौसमविद् निराजन सापकोटाले भने । 

आज देशभरभ कतै पनि वर्षाको सम्भावना रहेको छैन । मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटा बताउँछन् । 

बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना हुने उनले जानकारी दिए । “पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना हुन्छ । हिमपात हुँदा जाडो पुनः बढ्छ,” उनी  भन्छन्, “हामी मध्ये जाडोमै छौं । माघे जाडो आउनै बाँकी छ । त्यसैले जाडो अझै बढ्न सक्छ । शून्य डिग्री सेल्सियससम्म तापक्रम घट्न सक्छ ।” 

आज काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा दिउँसो पारिलो घाम लाग्नेछ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।