image
image

नौ करोड लगानीमा खानेपानी आयोजना

काठमाडौँ  १७ पुस ।  रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।  

लुम्बिनी प्रदेश सरकारको रु नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ । वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो ।  वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताएका छन् । 


पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउने छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा रु एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहनुभएको छ । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् । दीर्घकालीनरुपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो । 


वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनवटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ । जनसङ्ख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको बताइएको छ ।


 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।