पाँच महिनामा नेपालबाट ४ करोडको अगरबत्ती निर्यात, कुन देशमा कति?
काठमाडौँ १७ पुस । चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा नेपालबाट ४ करोड रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन–मङ्सिर अवधिमा उक्त मूल्यको अगरबत्ती निर्यात भएको देखिएको हो ।
नेपालबाट ५ लाख ६५ हजार किलो अगरबत्ती निर्यात भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कले नेपालबाट युरोप, अमेरिका र एसियाका करिब दर्जन मुलुकमा अगरबत्ती निर्यात हुने गरेको देखाएको छ । यस अवधिमा सबैभन्दा धेरै स्पेनमा ५९ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ ।
यसपछि, ताइवानमा ३४ लाखको, रसियामा ३० लाखको, फ्रान्समा २८ लाखको र जर्मनीमा २६ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । यस्तै, चिलीमा १८ लाख र चीनमा १४ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ भने दक्षिण कोरियामा १३ लाखको र लिथुनियामा ११ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको विभागले जानकारी दिएको छ । यी, बाहेक अन्य मुलुकमा समेत अगरबत्ती निर्यात हुने गरेको छ ।