image
image

यो साता घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौँ १७ पुस ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताभरमा सुनको मूल्यमा प्रतितोला ४०० रूपैयाँको गिरावट आएको हो । गत साताको शुक्रबार प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम थियो ।


 यो साताभरमा आएको प्रतितोला ४०० रूपैयाँको गिरावट हो । यसैगरी, गत शुक्रबार तेजाबी सुनको प्रतितोला ९२ हजार ६०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबार ९२ हजार २०० रूपैयाँ छ ।


यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार केही उकालो लागेको थियो । त्यसपछि, बुधबार, बिहीबार र शुक्रबार निरन्तर घटेसँगै साताभरमा मूल्य घटेको थियो । यसैगरी, यो सातामा चाँदीको मूल्य स्थिर कायम भएको महासंघले जानकारी दिएको छ ।


गत साताको शुक्रबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ । यसबीचमा आइतबार स्थिर रहेको चाँदी सोमबार १० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार बढेको चाँदी बुधबार स्थिर रहेर विहीबार केही घटेको थियो ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।