image
image

घुस लिने वडाध्यक्ष सहित ३ जना विरुद्ध आरोप-पत्र दायर

काठमाडौँव १७  पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इश्वरपुर न।पा। ११ का वडाध्यक्ष सहित तीन जना विरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले १ लाख ५० हजार रुपैयाँ घुस लिइ भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको इश्वरपुर न।पा। ११ का वडाध्यक्ष राम दुलार ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस माग गरेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले साह रौनियार र रायलाई एक लाख ५० हजार रुपैयाँ सहित कार्तिक २९ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अन्सन्धानका क्रममा ईश्वरपुर न।पा। वडा नं। ११ मा निर्माण भएको भलुवाई सडक निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीको लागि सिफारिस लिन जाँदा सेवाग्राहीसँग वडाध्यक्ष राम दुलार साहले साढे एक लाख माग गरेका थिए ।

उक्त रकम अध्यक्षको निर्देशनमा उमेश रायले लिएर सानेलाल साह रौनियारलाई राख्न दिएका थिए । रौनीयारका साथबाट उक्त रकम प्रापत भएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।