image
image

सरकारद्वारा घटाईयो आयात प्रतितपत्र (एलसी) को सीमा  

काठमाडौँ १६ पुस । सरकारले भारतबाट गरिने आयातका लागि खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै भारतीय रुपैयाँमा गरिने आयातको सीमा घटाएको हो । 

यसअघि ५ करोड रुपैयाँभन्दा बढिको बस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने ब्यवस्था रहेकोमा अब ३ करोडमाथिको बस्तु आयात गर्दा एलसी खोल्नु पर्ने भएको छ । राष्ट्र बैंकले सामान निर्यात गर्नको लागि सटही सुविधाको पनि सीमा निर्धाण गरेको छ ।
 
यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा दुवानी/क्लियरिङ/फर्वार्डिङका लागि जतिपनि सटही सुविधा पाउने व्यवस्था रहेकोमा अब तीन लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने व्यवस्था भएको छ। त्यसका लागि सम्बन्धित आधिकारिक निवेदन साथ आवश्यक कागजात बुझाएउनुपर्ने व्यवस्था भने कायमै छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।