ललिता निवास प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौँ १६ पुस। ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । विभिन्न बाहानामा भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम भने खुलाइएको छैन ।
२०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा रहेका, २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।
विश्वस्त स्रोतका अनुसार पक्राउ पूर्जी जारी भएकामा २०४९ सालमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यका आफन्त, शाखा अधिकृत प्रेमबहादुर खापुङ, योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, प्रमुख मालपोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, डिल्लीबजार मालपोतका नायब सुब्बा जगन पुडासैनी, समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेल, विचौलिया रामकल्याण अधिकारी र रामनाथ अधिकारी छन् ।
यस्तै यस प्रकरणमा मुछिएका कोहि कारागारमा छन् भने कोहि फरार पनि छन् ।