लुम्बिनी प्रदेश सरकारद्वारा ४३६ करार कर्मचारी माग
काठमाडौँ १६ पुस । लुम्बिनी प्रदेश सरकारले चार सयभन्दा बढी करार सेवामा कर्मचारी माग गरेको छ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो। मन्त्रालयले नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिकमा आवेदन माग गरेको छ।
माग गरे बमोजिम योग्य र इच्छुक आवेदकले मन्त्रालयको वेवसाइड मार्फत पुस ३० गतेसम्म दरखास्त दिनुपर्ने जनाइएको छ। दोब्बर दस्तुरमा आवेदन दिने व्यवस्था छैन।