तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौँ १६ पुस । चन्द्रागिरी नगरपालिका १५ तिनथानास्थित बाग भैरब मिटशपको माथिल्लो तलामा तास खेलिरहेको अवस्थामा ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५६ हजार २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।