image
image

उडिरहेको विमानमै कोरोना पोजिटिभ पुष्टि

काठमाडौँ, १६, पुस । अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ५ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको घटना सार्वजनिक भएको छ। उनी आफैँले यस्तो निर्णय गरेकी हुन्। 

यसरी विमानको शौचालयभित्रै सेल्फ आइसोलेसनमा बस्ने अमेरिकी महिला हुन्, मारिसा फोसियो । गत डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाने क्रममा विमानमा यात्रा गर्दै थिइन्। विमानभित्रै उनलाई घाँटी दुःख्न थाल्यो। उनले कोभिड परीक्षण किट बोकेकी थिइन् र परीक्षण गरिन्। नतिजा पोजिटिभ आयो। 

त्यसपछि उनले उडिरहेको विमानभित्रै आफूलाई सेल्फ आइसोलेसन राख्ने निर्णय लिइन्। त्यसपछि उनी शौचालयभित्र गएर बाँकी ५ घन्टाको यात्रा पूरा गरिन्। उनलाई फ्लाइट अटेन्डेन्टले खाना र पेयरपदार्थ दिएका थिए।

मारिसाले त्यो क्षण जीवनमा कहिल्यै नभुल्ने बताइन्। ‘विमानभित्र १५० यात्रु थिए, उनीहरुलाई मेरै कारणले संक्रमण त हुने होइन भन्ने डर पनि उत्तिकै थियो’, उनले भनिन्। 

मारिसाले आइसल्यान्डियरको विमानको शौचालयबाटै टिकटक भिडियो पनि पोस्ट गरेकी थिइन्। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।