image
image

एकैदिनमा बेलायतमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५, पुस । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घण्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
 
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो । यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो । त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ  कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।
 
यसरी मङ्गलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।