image
image

सुरु भयो स्मार्ट लाइसेन्सको छपाई, हुलाकबाट घर–घरमा पुर्‍याइने

काठमाडौँ, १५, पुस । सात महिनाको पर्खाइपछि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारीचालक परिचयपत्र) को छपाई आजदेखि सुरु भएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा औपचारिक रुपमा लाइसेन्स छपाई सुरु गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री यादवले अब सेवाग्राहीको घर(घरमा ड्राइभिङ लाइसेन्स पुर्‍याइने बताइन् ।


‘टाढा–टाढाबाट काठमाडौं आएर लाइसेन्सको ट्रायल दिएर लाइसेन्स नआएसम्म यही बस्नुपर्ने बाध्यता हटाउनको लागि पनि हामी काम गरिरहेका छौं,’ उनले भने, ‘यस्ता सेवाग्राहीका लागि हुलाकबाटै लाइसेन्स सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था पनि हामी गर्नेछौं ।’

आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुने बताइएको छ ।

प्रति घण्टा ४५० वटा कार्ड छाप्नसक्ने क्षमता भएको यो मसिनमार्फत तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुने विभागले जनाएको छ । त्यस्तै माघ महिनाभित्र स्मार्ट लाइसन्स लिन बाँकी भएका सबैलाई लाइसन्स वितरण गर्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

कार्यक्रमको दौरान मन्त्री यादवले छपाई मसिनले कसरी काम गर्छ र कसरी छपाई हुन्छ लगायतको जानकारी लिएकी थिइन् । योसँगै उनले ट्राफिक जरिवाना क्यूआर कोडबाट तिर्दा तत्काल कागजात फिर्ता पाउने व्यवस्थाको पनि आजै अवलोकन गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।