image
image

विश्वभर दैनिक ९ लाखभन्दा बढी संक्रमित थपिदैँ   

काठमाडौँ, १५, पुस । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको बेस्सरी बढ्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् । 

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । 

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । एजेन्सी 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।