image
image

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउदै

काठमाडौँ १४ पुस । इजरायलले ५५ देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध सहज हुने इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो निर्णयसँगै धेरैजसो अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट हट्नेछन् । तर मेक्सिकोलाई भने खतराको रातो सूचीमा थपिनेछ । साथै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जानिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि रातो सूचीमा पर्नेछन् ।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू कम्तीमा सात दिनको लागि क्वरेन्टिनमा बस्नुपर्नेछ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।