भित्रियो ३ खर्ब ९४ अर्ब ८१ करोडभन्दा बढी विदेशी लगानी , कुन क्षेत्रमा कति ?
काठमाडौँ १४ पुस । नेपालमा हालसम्म ३ खर्ब ९४ अर्ब ८१ करोड ७३ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ । उद्योग विभागको तथ्याङक अनुसार हालसम्म ५ हजार ४५९ आयोजनाका लागि उक्त बराबरको रकम नेपाल भित्रिएको हो ।
विभागको तथ्याङक अनुसार नेपालमा विदेशी लगानीका आयोजनाको कुल लागत ६ खर्ब १५ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको विभागले जनाएको छ । नेपाल भित्रिएको कुल लगानी मध्ये कृषि तथा वन क्षेत्रकोे २९५ वटा आयोजनाका लागि ८ अर्ब १८ करोड ८ लाख २३ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ । जसमा आयोजनाको कुल लागत १० अर्ब ९ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै जलविद्युतमा आधारित ९१ वटा आयोजनाका लागि १ खर्ब ३० अर्ब ४० करोड ४ लाख ८ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यो आयोजनाको कुल लागत २ खर्ब २२ अर्ब ९३ करोड ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
सूचना प्रविधिमा आधारित ११९ आयोजनाको लागि ११ अर्ब ९१ करोड ७ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ । उक्त आयोजनाको कुल लागत १५ अर्ब १४ करोड ५ लाख ४८ हजार रुपैयाँ रहेको तथ्याङकमा उल्लेख छ ।
विभागका अनुसार पूर्वाधार क्षेत्रका ४६ आयोजनाका लागि २ अर्ब ९८ करोड ३ लाख १ हजार रुपैयाँ नेपाल भित्रिएको छ । ४६ वटा आयोजनाको कुल लागत भने ३ अर्ब ८४ करोड २ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी निर्माण क्षेत्रका १ हजार २३१ आयोजनाका ६४ अर्ब ३० करोड ३ लाख १६ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको हो । उक्त आयोजनाको कुल लागत भने १ खर्ब २५ अर्ब ७९ करोड ८ लाख १० हजार रुपैयाँ रहेको छ ।
खनिज जन्य क्षेत्रका ७२ आयोजनाका लागि ७ अर्ब ९८ करोड १ लाख १ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्याङकमा उल्लेख छ ,उक्त आयोजनाको कुल लागत भने १० अर्ब ३६ करोड ६ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
विभागको तथ्याङक अनुसार हालसम्म नेपाल भित्रिएको कुल लगानीमध्ये सबैभन्दा धेरै लगानी सेवामुलक क्षेत्रका १ हजार ७६० आयोजनाका लागि ८८ अर्ब २७ करोड ३ हजार रुपैयाँ आएको छ । सेवामलक क्षेत्रका उक्त आयोजनाको कुल लागत १ खर्ब १२ अर्ब ७६ करोड ५ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
नेपाल भित्रिएको विदेशी लगानी मध्ये पर्यटन क्षेत्रका १ हजार ७४५ आयोजनाका लागि ८० अर्ब ७५ करोड ९ लाख ८३ हजार रुपैयाँ आएको छ । पर्यटन क्षेत्रका उक्त आयोजनाको कुल लागत भने ९९ अर्ब २८ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।