image
image

भोलि सार्वजनिक बिदा दिन गृहको प्रस्ताव

काठमाडौँ, १४, पुस । गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।बिहीवार गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

हामीले भोलि बिदाका लागि क्याविनेटमा प्रस्ताव लगेका छौं। उताबाट के निर्णय हुन्छ त्यसैका आधारमा बिदा हुने नहुने तय हुन्छ, गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।