image
image

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

काठमाडौँ, १४, पुस । गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा नेपालको आन्तरिक हवाई सेवा प्रभावित भएको छ। 

निरन्तरको वर्षा र हिउँका कारण उच्च पहाडी क्षेत्रका विमानस्थल बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।

नेपालगन्ज, र पोखरा एयरपोर्टमा भिजिबिलिटी कम भएकाले केही ढिलो गरि खुलेको छ।लुक्ला, तुम्लिङटार, सुकेटार, सिमिकोट विमानस्थल हिउँले भरिएको छ।

अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान प्रभावित नभएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेपछि हवाई सेवा प्रदायकहरुले उडान रद्द गरेका छन्। यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द गरिसकेको छ। यस्तै बुद्ध एयरले पनि ३ वटा उडान रद्द गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।