image
image

बन्दीपुरमा सडक खाना महोत्सव हुने

काठमाडौँ, १३, पुस। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटेल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गर्न लागेका हुन् ।

महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल रहने क्षेत्रीय होटेल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सघाउने प्रधानको विश्वास छ।

‘महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखिएको छ । दुई दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक बन्दीपुर भित्र्याउने लक्ष्य राखेका छौं’, उनले सुनाए ।

सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्रान्ड हो । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।