सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित भारतीय पक्राउ
काठमाडौँ, १३, पुस । सुनसरीबाट दुई थान स्वचालित पेस्तोलसहित दुई जना भारतीय पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारत अररिया बासमतिया-६ का ३५ वर्षीय विद्यानन्द राम र बासमतिया-२ का ३१ वर्षीय हसम अन्सारी छन्।
कोसी गाउँपालिका-१ लौकहीबाट प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
बिआर ५०के ०१४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए।
उनीहरूको साथबाट चार वटा म्यागजिन र तीन राउन्ड गोली बरामद भएको कार्कीले बताए। उनीहरू साना हतियारको कारोबारी रहेको बुझिएको कार्कीले बताए।
दुबैलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ६ को ‘हातहतियार तथा खरखजाना सम्बन्धी कसुर’ अनुसन्धान थालिएको छ।