image
image

पशु चौपाया अज्ञात रोगले ग्रसित

काठमाडौँ, १३, पुस । सप्तरीको पश्चिमी भेगको बोदेबर्साइनमा फैलिएको अज्ञात रोगले पशु चौपाया मर्न थालेका छन् । बोदेबर्साइन नगरपालिका– ५ मा एक सातादेखि फैलिएको सो रोगको सङ्क्रमणबाट करिब एक दर्जन पशुचौपाया ग्रसित देखिएको स्थानीयवासी उमेश साहले जानकारी दिए ।

सो रोगको सङ्क्रमणबाट केही पशुचौपाया मरेका छन् । स्थानीयवासी रामप्रसाद सिंहका अनुसार चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको बताए । पछि चौपाया मर्ने गरेको जनाइएको छ ।

स्थानीयवासी गोपालप्रसाद सिंह किसानका दुईवटा चौपाया मरेका छन् भने धेरैजसो चौपाया बिरामी रहेका छन् । उनले भने, सुरुसुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधि सुरु गरियो केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरकफरक लक्षण देखिन थालेका छन्, अहिले जेजति उपचार गराउँदै आए तापनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएर चौपाया मर्न नै थालेको बताइएको छ ।

चौपाया बिरामी देखिए तापनि सरोकारबालाले गम्भीरता नदेखाएकोप्रति स्थानीय किसान चिन्तित देखिएका छन् । तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीता देखाउन स्थानीय पशुपालकहरुले आग्रहसमेत गरेका छन् । केही दिन अगाडि छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमासमेत फैलिएको अज्ञात रोगले धमाधम पशु चौपाया मरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।