image
image

नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे

काठमाडौँ, १३, पुस । नेपाल बङ्गलादेश बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।

गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई माघ १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख गरेको छ । कम्पनीका सिइओ ज्ञानेन्द्र ढुङ्गानाको दोस्रो कार्यकाल आगामी पुस १७ गते सकिंदैछ ।

यसअघि पाण्डे नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सिइओ थिए । उनी चाटर्ड एकाउन्टेन्ट पनि हुन् । उनीसँग बैंक तथा बिमा कम्पनीमा करिब दुई दशक लामो कार्य अनुभव रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।