image
image

आजबाट लाइसेन्स छपाइ शुरु हुने

काठमाडौँ, १३, पुस । लामो समयको अन्योलतापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ। विभागले खरिद गरेका १४ लाख स्मार्ट कार्ड आइसकेपछि आज मंगलबार दिउँसो ३ बजेबाट लाइसेन्स छपाइ शुरु हुने भएको हो । 

विभागसँग रहेको मास प्रिन्टरबाट बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा दैनिक १० हजार लाइसेन्स छाप्न लागिएको निर्देशक डा। भुसालले बताए । विभागसँग एउटा मास प्रिन्टर र साना चारवटा मेसिनहरु छन्।

अहिले करिब चार लाख चालककले लाइसेन्स परिक्षा पास गरेपनि लाइसेन्स नपाएकोले तीन महिनामा छापेर सबैलाई लाइसेन्स वितरण गरिने उनको दाबी छ। 

लाइसेन्स पाउन बाँकी रहेका चार लाखलाई वितरण गरेपछि नविकरण गर्नेहरुलाई  स्मार्ट लाइसेन्स दिइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । मेसिनमा कुनै समस्या नआएमा अब लाइसेन्स नवीकरण गर्नेहरुले १० दिनमै लाइसेन्स पाउने उनको दाबी छ। तर काठमाडौंमा छपाइ गरेर पठाउँदा देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट उपलब्ध गराउन भने थप केही दिन लाग्ने घिमिरेको भनाइ छ।

२०७७ मंसिरमा १४ लाख कार्ड खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको बोलपत्र अनुसार कार्ड ल्याउने ठेक्कामा स्मार्ट कार्ड एण्ड सोलुसन ९सेल्प० छनोट भएको थियो । तर उसले सम्झौताको एकवर्षपछि मात्र कार्ड ल्याएको हो । 

कार्ड ल्याउने जिम्मा सेल्पले पाएपनि विभागसँग रहेको सफ्टवेयर र प्रिन्टर भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सको भएकोले कार्डलाई सफ्टवेयर र प्रिन्टरसँग कम्प्याक्टिबल बनाउने (पर्सनालाइजेसन) कसले गर्ने भन्ने विषयमा विवाद हुँदा कार्ड ल्याउन रोकिएको थियो । पछि मद्रास पर्सनालाइजेसन गरिदिन तयार भएपछि विभागले कार्डको अर्डर दिएको हो। ठेक्का पाउँदा तीन महिनामा ल्याउने गरी ठेक्का लागेको भएपनि पर्सनलाइजेसन विवादका कारण कार्ड ल्याउन एक वर्ष ढिला भएको हो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।