image
image

प्रवासी श्रमिकलाई ज्यालाको समस्या, समस्या समाधानका लागि अगाडि बढ्दै महासङ्घ

काठमाडौँ १३ पुस ।  कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या भएको पाइएको बताइएको हो ।


कार्यक्रममा महासङ्घ नेपाल आवद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको महासचिव प्रदीप आचार्यले प्रवासमा नेपाली श्रमिकलाई धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबै एक भएर अगाडि बढ्ने निष्कर्ष भेलाले गरेको बताएका छन् ।

कोरोनाको समयमा श्रमिकलाई आफ्नो देश फर्कन समस्या, विदेश जान लागेका श्रमिक विदेश जान नसकी पैसा फसेर बसेका समस्या, विदेशमा काम गरेको ज्याला समयमा नपाउने समस्या, नेपाल फर्कन पाँचरछ महिना कुनुपर्ने समस्या, काम गरेको ज्याला घटाएर दिने समस्या र धेरै काम गर्नुपर्नेलगायत समस्या देखिएको सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त महासङ्घमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आवद्ध छन् । उक्त तीनवटा सङ्घमा विदेशमा १७ हजार मजदुर आवद्ध रहेका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।