image
image

आफ्नै जग्गामा टेक्न नपाएका निराश करन

काठमाडौँ १२ पुस । विसं २०५९ सम्म आफ्ने खेत भोगचलन गरिरहेका स्थानीयबासी करनबहादुर सुनारलाई यतिबेला सोही खेतमा जान असहज भइरहेको छ।भारतीय पक्षले सीमा भनेकोे गुल्लरको रूखबाट १०० मिटर दक्षिण-पश्चिम सुनारको १५ कट्ठा खेतीयोग्य जमिन भारतीय पक्षले भोगचलन गर्न दिएकै  छैन।

'सीमा विवाद समाधान गरेर जग्गा तेरो होइन, दशगजामा पर्‍यो भन्दिए पनि टन्टैसाफ हुने थियो', उनले भने, 'हरेक वर्ष तिरो तिर्छु तर जग्गामा खुट्टा राख्न पाइँदैन।'सुनारले भारतीय पक्षले उक्त भूमि आफ्नो क्षेत्रको भन्दै आफूलाई भोगचलनमा रोक लगाएको गुनासो गरे। 

'अहिले पनि लालपुर्जा मसित छ र बेलौरी नगरपालिकामा तिरो तिर्दैछु', उनले भने, 'जग्गाका लागि धेरै गुहारें तर कहीँ कतैबाट सुनुवाइ नै भएन।'सुनारले आफ्नो जमिनसँगै जोडिएको जग्गाधनी मानबहादुर सुनारले भने भोगचलन गरिरहेको बताए।

'मानबहादुर जीले जग्गा भारतीयलाई बन्धकी दिएका छन्', सुनारले भने, 'मैले जग्गामा टेक्न नपाएर अरूको मजदूरी गरेर खाद्यान्न जोहो गर्नुपरेको छ।'
मानबहादुरले भने उक्त जग्गाको सट्टा अन्तै जग्गा पाउनुपर्ने माग गरेका छन्। शहीद गौतमको घटनापछि नेपाल-भारतबीच संयुक्त सर्वेक्षण टोली बनाएर सीमा विवाद समाधान,सीमास्तम्भ पुनःनिर्माण र व्यवस्थान गर्न टोली गठन भएको थियो। 

कैलाली र कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि गठित संयुक्त सर्वेक्षण टोलीले आफूहरूको क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुनर्वासबासीको माग छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।