image
image

नागढुंगाबाट लागूऔषध सहित  दुई जना पक्राउ

काठमाडौँ १२ पुस । प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ८७०० नं. को यात्रु बाहक बसलाई प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा नन्दन गाउँपालिका वडा ३ बस्‍ने २९ वर्षीय राजुराम अवध जैसवाल र सोही ठाउँ बस्‍ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् ।

उनीहरुले बसको बी साइडको १२/१३ नम्बरको सिटमा कालो रंगको झोलाभित्र लागूऔषध लुकाएर ल्‍याएको १६० एम्पुल डाईजापम, १६० एम्पुल नुफिन र १६० एम्पुल फेनरागन प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।