आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १२ पुस । आज नेपालमा कोरोना भाइरसका २ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८ सय ८६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
साथै कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।