image
image

फ्रान्समा दैनिक कोरोना संक्रमित एक लाख नाघे  

काठमाडौँ, १२, पुस । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा एक लाख चार हजार ६११ संक्रमित भेटिएका छन् । यो फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । 
 
अधिकारहीहरुका अनुसार तीन हजार २८२ जनाको आइसीयूमा उपचार भइरहेको छ । ओमिक्रन भेरियन्ट बढेसँगै संक्रमितको संख्या पनि तीब्र वढिरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलब ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।
 
 
बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ ।
 
फ्रान्समा कोभिडका कारण एक लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।