image

'कमेडी च्याम्पियन' को दोश्रो सिजन फागुन २१ देखि प्रशारण हुने  

काठमाडौँ। पहिलो सिजनमा नै अत्याधिक लोकप्रिय बनेको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को दोश्रो सिजनको औपचारिक घोषणा गरिएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रम यहि फागुन २१ गतेदेखि कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुने आयोजकले बताएका छन्।  

भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसनमा ६ हजार भन्दा बढी सहभागी भएको थिए । जसमा २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिएको छ ।  कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ । 

कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् । त्यस्तै निर्णायकमा भने सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।