image
image

आज ह्वातै बढ्यो कोरोना संक्रमित संख्या, कति भेटिए ? 

काठमाडौँ ११ पुष।पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ । मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ । 


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएसँगै हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।