image
image

आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति  

काठमाडौँ, ११, पुस । डिलासैनीमा एक पसलमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। वडा नम्बर ७ मा स्थानीय गंगा धामीले सञ्चालन गर्दै आएका किराना पसल र होटलमा शनिबार राति आगलागी भएको हो।

आगलागीबाट पाँच लाख रूपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक धामीले बताए।  आगजनीबाट पसल पूर्ण रुपमा क्षति पुगेको छ। पसल सञ्चालक गंगा धामीले बिहान ५ बजे ३८ मिनेटसम्म आफू पसलमै रहेको भए पनि त्यसपछि आफू घर गएको बेला पसलमा आगजनी गरिएको बताए।

बिहानै पसलमा आगो लागेको देखे पनि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी कसले आगजनी गरेको हो भन्ने नखुलेको आगजनी गर्ने व्यक्ति वा समूहको खोजी भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षण दर्शन खड्काले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।