राजस्व छलि अभियोगमा ट्रेड लिङ्कका संचालक विरुद्ध मुद्धा
काठमाडौँ ९ पौष । राजस्व अनुसन्धान विभागले १८ करोड भन्दा बढी राजस्व छलि गरेको अभियोगमा लार्ज ट्रेड लिङ्कका संचालक विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।
आयोगले १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व छलि गरेको अभियोगमा लार्ज ट्रेड लिङ्का संचालक अर्जुन प्रसाद पटेल लगायत जय किशोर साह, सुर्यजित प्रसाद साह र तोयनाथ अधिकारी विरुद्ध ३६ करोड बढी रकम माग दावी गर्दै मुद्धा दायर गरेको हो ।
उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावट गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, लाभांश कर १ करोड ५४ लाख ५६७ रुपैयाँ र आयकर १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व छलि गरेको अनुसन्धानबाट खुलेपछि ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ माग दावि गर्दै आयोगले मुद्धा दायर गरेको हो ।