थप १४ जहाज खरिद गर्ने योजना, सिड्नीदेखि लण्डनसम्म उडान थपिदै
काठमाडौँ ९ पौष । वायुसेवा निगमले आगामी छ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा थप १४ जहाज खरिद गर्ने योजना बनाएको छ । पाँचवर्षे कार्ययोजना बनाएर सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानमा छ वटा वाइडबडी र आठ वटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको हो । पाँचवर्षे कार्ययोजना बन्दै गरेको निगमका निर्देशक खड्काले बताउनुभयो ।
निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा सातामा दुई उडान गर्नेगरी अन्तिम तयारी गरेको छ । दुबई गन्तव्यमा उडान सङ्ख्या थपेको छ । भारतका तीनवटै गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । महामारीका कारण हाल नयाँदिल्ली गन्तव्यमा मात्रै उडान भइरहेको छ ।
छिट्टै बैङ्लोर र मुम्बइमा पनि उडान गर्ने तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ । झण्डै रु ५० अर्ब ऋणभार बेहोरिरहेको निगमको जहाजका लागि लगानीबाहेक भन्सार छुट, ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै सीमित राख्न मन्त्रालयसँग अनुरोध पनि गरेको छ । महामारीका कारण निगमले करिब २० महिनाको अवधिमा रु नौ अर्ब आम्दानी गुमाएको जनाएको छ ।
निगमको आन्तरिकतर्फ व्यापार खुम्चिएको छ । उक्त वर्ष निगमले जम्मा दुई प्रतिशत व्यापार गरेको छ । आन्तरिकतर्फ जहाज अभावले व्यापार अभिवृद्धि गर्न नसेकेको निगमले जनाएको छ । निगमसँग आन्तरिकतर्फ जम्मा दुई वटा टुइनअटर जहाज छन् । यी जहाजले विभिन्न १७ गन्तव्यमा उडान भर्दै आएका छन् । काठमाडौँबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ तथा पश्चिममा नेपालगञ्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म उडान गर्दै आइरहेको छ ।
निगमले आन्तरिकतर्फ थप १८ थान जहाज खरिदका लागि माग गरेको छ । निगमले दुर्गम तथा हिमाली भेगका लागि आठ वटा र सुगम रुटका लागि १० वटा जहाज खरिदका लागि मन्त्रालयमा कार्ययोजना पेश गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ ३०० हाराहारी उडान भइरहेको छ । ६३ वर्षे इतिहास बोकेको निगममा हाल सीमित जहाज भएकाले अन्य एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सकेको छैन । निगममा हाल स्थायी र अस्थायी तथा अन्य प्रकृतिका गरी कूल एक हजार ३६९ कर्मचारी कार्यरत छन् ।