image
image

रोजगार कार्यक्रममा वडाअध्यक्षले पक्ष्यपात गरेपछि स्थानीयले लगाइदिए ताला

काठमाडौँ ९ पौष ।दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का स्थानीय जनप्रतिनिधिले प्रधानमन्त्री रोजगार कार्यक्रममा पक्ष्यपात गरि आफु पक्षका मान्छेहरूलाई मात्र समेटेको भन्दै स्थानीय युवाहरुले वडा कार्यालयका तालाबन्दी गरिदिएका छन् ।

 प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३६ जनालाई सिफारिस गरिएकोमा अधिकांश वडा रङ्गबहादुर तामाङमा मान्छेहरु मात्रै समावेश भएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् ।

तामाङ नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष भएकाले  राजनीतिक आस्थाको आधारमा रोजगार कार्यक्रमका लागि व्यक्ति छनोट गरेको आरोप छ । सोहि कारण युवाहरुको समूहले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यता वडाअध्यक्ष रङ्गबहादुर तामाङ भने राजनीतिक आस्थाका आधारमा तालाबन्दी गर्ने काम भएको बताउँछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।