भारतको एकसय महत्वपूर्ण प्रोफेसनल्सको सूचीमा देवयानी राणा
काठमाडौँ ९ पौष ।नेपालका चर्चित राजनीतिज्ञ पशुपति शमशेर राणाकी छोरी कोकाकोला देवयानी राज्यलक्ष्मी राणा भारतका एकसय महत्वपूर्ण व्यावसायिक व्यक्तित्वहरुको सूचीमा पर्न सफल भएकी छिन्। कोकाकोलाको कोकाकोला कम्पनीकी भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्टका रुपमा कार्यत राणा रेपुटेसन टुडेको महत्वपूर्ण व्यावसायिक व्यक्तित्वको टप एकसय जनाको सूचीमा पर्न सफल भएको हो ।
कोकाकोला कम्पनीकी भाइसप्रेसिडेन्ट देवयानीले त्यसअघि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन्।
यस क्षेत्रको पूर्वाधार, वातावरण, समाज तथा सुशासन, वित्तलगायतका क्षेत्रको विकासका लागि प्रभावकारी रणनीतिहरु बनाएकी देवयानीलाई घरेलु तथा निर्यात बजारहरुमा उत्पादन तथा व्यापार वृद्धिका रणनीति बनाउन अब्बल तथा प्रभावशाली व्यक्तित्व मानिन्छ।