image
image

को हुन् मृत फेला परेका एसएसपी सुशील यादव ?

काठमाडौँ ९ पौष । सरकारी निवासमा झुण्डिएको अवस्थामा फेला परेका नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव नवलपरासीका स्थायी बासिन्दा हुन् । सानैदेखि शारीरिक व्यायाममा ध्यान दिने उनी मामा ध्रुवबहादुर प्रधानको प्रेरणाले प्रहरीमा भर्ती भएका थिए ।

यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे ।

जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।

यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झुण्डिएको अवस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

‘अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पीडा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने ।

आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो । प्रहरीले घटनाको अनुसन्धान बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।