image
image

मलेसियाली कम्पनीहरुमाथि श्रम शोषणका आरोप बढ्दै  

काठमाडौँ, ९, पुस । मलेसियाली कम्पनीहरुमाथि श्रम शोषणका आरोप बढ्दै गएको छ । यसैक्रममा आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लगाउँदै अमेरिकाले मलेसियाको ब्राइट वे ग्रुपका उत्पादनलाई आफ्नो देशमा आयात गर्न प्रतिवन्ध लगाएको छ ।

यसअघि आप्रवासी कामदारको शोषण गरेको आरोप लगाउँदै अमेरिकाले टप ग्लोव्स लगायतका उत्पादनमा पनि पटक पटक प्रतिवन्ध लगाउदै आएको थियोे । अमेरिकाले पछिल्लोपटक ब्राईट वेका उत्पादनमा प्रतिवन्ध लगाएको हो । उक्त  कम्पनीका उत्पादनमाथिको  बन्देज अनिश्चित समयका लागि भएको बताइएको छ । 

कोरोना भाइरसको संक्रमण शुरूहुनु अघि अमेरिकाले टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी कम्पनीमाथि आप्रवासी मजदुरलाई न्यून तलव दिएको, वासस्थानको उचित प्रवन्ध नगरेको, कार्यस्थलमा न्यूनतम सुविधाको अभाव रहेको, अतिरिक्त समय काममा लगाउने तर त्यस समयको पारिश्रमिक नदिएको जस्ता आरोप लाग्ने गरेको थियो ।

अमेरिकी दवावपछि टप ग्लोब्स लगायत धेरै कम्पनीले सुविधा सम्पन्न होस्टल निर्माण शुरूवात गरेको बताएका छन् । कतिपय कम्पनीले  भर्ना शुल्क फिर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।