image
image

वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा पुनः एक हप्ताका लागि सर्‍यो

काठमाडौँ ८ पौष।नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा पुनः एक हप्ताका लागि सरेको छ । आगामी पुस २३ गतेका लागि तोकिएको साधारणसभा आगामी पुस ३० गते हुने गरी सरेको  संघले बताएको छ । 

संघका कार्यवाहक अध्यक्ष कमल तामाङको अध्यक्ष्यतामा बुधबार बसेको कार्यसमितिको बैठकले विभित्र संस्थाहरूको आग्रहमा आगामी पुस ३० गते निर्वाचनसहितको साधारणसभा गर्ने गरी निर्णय गरेको बताइएको छ ।  

संघको निर्वाचन सरेको यो दोश्रो पटक हो । यसअघि गत असोज ६ गते बोलाइएको साधारणसभा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारणले रोकिएको थियोे । निर्वाचनका लागि संघले व्यवसायी रविन शेरचनको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले पुस १७ गते मतदाता नामावली सार्वजनिक गरिने निर्णय गरेको बताएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।