माल्टामा रोजगारीको अवसर, मासिक तलब एक लाख २१ हजार सम्म हुने
काठमाडौँ ८ पौष । युरोपको माल्टामा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । माल्टाको विभिन्न कम्पनीले ९५ पुरुष नेपाली कामदारको माग गरेको हो । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित मासिक तलब एक लाख २१ हजार सम्म पाउनेछन् । इच्छुक कामदारले अल रास रेक्रुटमेन्ट प्रालिको कार्यालय सुकेधारा काठमाडौँ पौष १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले तिर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।