image
image

नेपाली सेनाले आफ्ना कर्मचारीलाई सस्तो ब्याजमा घर कर्जा दिने

काठमाडौँ, ८, पुस। नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे ।

सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले घोषणा गरेको छ ।

यो सुविधा अन्तर्गत हहालसम्‍म २० जनाले घरकर्जाका लागि निवेदन दिइसकेको र त्‍यसमध्‍ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदवहालीपछि पहिलो सम्बोधनमा आवास कर्जा कार्यक्रमको घोषणा गरेका थिए । त्यसपछि नेपाली सेनाको सैद्दिक कल्याणकारी कोष, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थानबीच सहुलियत ऋणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यस्तो कर्जा लिन काठमाडौं उपत्यकाका सैनिक कर्मचारीले जंगी अड्डास्थित सैनिक कल्याणकारी महानिर्देशनालयको आवास कर्जा कार्यान्वयन इकाइमा र उपत्यका बाहिर सैनिक कर्मचारीले नेपाली सेनाको युनिट वा कल्याणकारी कोषको हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्ने सेनाले जनाएको छ ।

सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०–३० प्रतिशत रकम पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।