image
image

काठमाडौंमा मौसम बदली, तराई भेगमा हुस्सु लाग्ने

काठमाडौँ, ८, पुस। देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आजराति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

जनकपुर, भैरहवाजस्त तराईका क्षेत्रमा हुस्सु कुहिरो लागेको छ । तर, दिउँसो घाम लागेपछि यो हटेर जानेछ,” मौसमविद् पौडेलले भने, “काठमाडौंमा आज बाक्लो मात्रामा हुस्सु र कुहिरो छैन ।”

३.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । बिहान काठमाडौंमा घाम लाग्नेछ भने दिउँसो आंशिक बदली हुनेछ । “आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । घाम लाग्ने र बादल लाग्ने हुनेछ,” मौसमविद् पौडेल भन्छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।