image
image

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ, ७, पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण भएको जनाएको छ । 

कोभिड १९ संक्रमितको जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

संक्रमित ती वृद्ध होम आइसोलेसनमा रहेको उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले बताइन् । 

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।

अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।