image
image

चार दिनदेखि बन्द रहेको केबलकार विहीबारदेखि संचालनमा आउने

काठमाडौँ, ७, पुस। मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आउने भएको छ। यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो।केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आउन लागेको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। अष्ट्रियाली प्राविधिकको सुपरीवेक्षणमा मर्मत सम्भार गरिएको उनले बताए।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गरिएको उनले बताए। कम्पनीले चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना बनाएको छ।

कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ। यो सबै स्तरोन्नतिसँगै भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।