image
image

आठ महिनाभित्र ४० बिजुली बस ल्याउँने तयारी 

काठमाडोँ, ७, पुस । साझा यातायातले पहिलो लटमा परीक्षणका लागि बिजुली बस ल्याउने भएको छ। परीक्षणका लागि तीनवटा बिजुली बस ल्याइने साझा यातायातका सुपरभाइजर हरिराम मिश्रले जानकारी दिए। 

साझाले गत चैत १३ गते बोलपत्र आह्वान गर्दै ४० वटा बिजुली बस किन्न प्रकृयाअघि बढाएको थियो। बस किन्ने टेण्डर आह्वानमा ९ चिनियाँ कम्पनीको बोलपत्र परेकोमा सिएचपिसी कम्पनीले टेण्डर पाएको छ। आर्थिक तथा प्राविधिक मूल्यांकन गर्दा सिएचपिसी कम्पनी छनोट भएको हो।

प्राविधिक स्पेसिफिकेसनहरु मिलेको र कम मूल्य कबोल गरेकाले सिएचटिसीको प्रस्ताव स्वीकृत गरिएको साझाले जानकारी दिएको छ।  

उक्त कम्पनीमार्फत बस ल्याउनका लागि एक महिना अगाडि नै एलसी खुला गरिसकिएको छ। 

साझाका सञ्चालक भुषण तुलाधरका अनुसार तीन वटा बस ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छन्रछैनन् परीक्षण गरिनेछ। ठीक भएमा आठ महिनापछि थप ३७ वटा बस ल्याइने गरी कम्पनीसँग सम्झौता भएको साझाका सुपरभाइजर मिश्र बताउँछन्। बसहरु कम्पनीले पाँच वर्षसम्म बस मर्मतसम्भार समेत गर्नेछ। 

ले ४०बिजुली बस र २० वटा चार्जरका लागि ४५ करोड ११ लाख नेपाली रुपैयाँ बढी र तालिम, पाँच वर्षको मर्मतसम्भारसहित स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ सिएचपिसी कम्पनीलाई दिनुपर्नेछ। २६ सिट क्षमताका बस अपांगमैत्री हुनेछन्। यी बस एक पटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु राखेर २०० किलोमिटर गुड्न सक्ने उल्लेख गरिएको छ। 

४० बसहरुसँगै साझाले यीभन्दा ठूला चार बिजुली बस खरिद प्रकृया अगाडि बढाएको बताएको छ। साथै सरकार र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न अनुसन्धान भइरहेको सञ्चालक तुलाधरको भनाई छ। 

सार्वजनिक यातायातको विद्युतीकरणले आयातित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी उर्जाले विस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा पुग्ने साझाको विश्वास छ। 

अर्कोतिर बिजुली बसले वायुप्रदुषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुर्याउने तुलाधर बताउँछन्। जसकारण पनि साझाले आउँदा दिनमा विद्युतीय बसको प्रयोग बढाउँदै लैजाने उनको जोड छ। 

संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा काठमाडौंसँगै देशका अन्य स्थानमा समेत बिजुली बस विस्तार गरिने साझाको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।