image
image

ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, ७, पुस । सप्तरी प्रहरीले प्रतिबन्धित ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको जिल्ला सुपौल भिमनगर ग्राम पञ्चायत ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जयप्रकाश पासवानलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले दुवैजनालाई सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरिएको बताए।

दुवैजनाको साथबाट खैरो हिरोइन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्ले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।