image
image

कतार सरकारबाट न्यूनतम तलब बृद्धि

काठमाडौँ, ७, पुस । कतारी श्रम मन्त्रालयको रिपोर्टअनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । यसले न्यूनतम ज्यालामा बृद्धि भए यता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले बढोत्तरी भएको छ । 

खाना बस्न राम्रो व्यवस्था भएमा कम्पनीले मासिक एक हजार तलव दिने, नभए १८ सय तलव दिनैपर्ने व्यवस्था लागू भएको छ । कतारको श्रम मन्त्रालयको एक रिपोर्टअनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउन थालेका छन् । 

कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टलसमेत तयार पारेको थियो । अनलाइनमार्फत् २ लाख ४२ हजार ८ सय ७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए । कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो । 
कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । त्यहाँ झन्डै ४ लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।